१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


कमलामाई मन्दिरमा भक्तजनको घुइँचाे


377
Shares

सिन्धुली । सिन्धुलीको कमलामाई मन्दिरमा आइतबार लागेकाे माघे संक्रान्ति मेलामा ५ लाख श्रद्धालु भक्तजनहरूले दर्शन गरेका छन् ।

१ महिना चल्ने कमलामाईको मेलामा दर्शन गर्न आएका भक्तजनहरूले भाकल बुझाउन ल्याएका पाठी, परेवा, हाँस, कुखुरा र बोका गरी ५० हजार पशुपंक्षीको बलि चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको हाे ।

माघे सक्रान्तिको बिहानदेखि बेलुकीसम्म कमलामाई र कमलामाईको उद्गमस्थल दुवै मन्दिरमा श्रद्धालु भक्तजनहरूले पूजा गरी बलि चढाएका थिए ।

सिन्धुलीको गौमती र कमला नदीको दोभानमा रहेकाे कमलामाईमा लागेको माघे संक्रान्ति मेलामा भक्तजनहरूको घुइँचो लागेको थियाे ।