
काठमाडौं, भदौ १२ । यमनमा हैजाको संक्रमण हुनसक्ने सम्भावित स्थानको भविष्यवाणी गर्ने कम्प्युटर प्रविधिको प्रयोगले संक्रमितको संख्यामा कमी आएको छ ।
गत वर्ष एक हप्तामा ५० हजार मानिसमा हैजाको संक्रमण फेलापरेको थियो । तर, यो वर्ष यो संख्या २५ सयमा झरेको छ ।
विशेष किसिमका ‘सुपर’ कम्प्युटरको प्रयोगबाट निश्चित स्थानको १० किलोमिटर वरिपरि कति पानी पर्छ भन्ने अनुमान गरिन्छ ।
नयाँ प्रविधिले हैजा नियन्त्रणमा खटिएकाहरुले संक्रमण हुनुअघि नै पानी पर्ने अनुगमन गरेर काम गर्न सहयोग पुर्याउँछ ।
संयुक्त राष्ट्रसंघले यमनमा हैजा संक्रमणको सम्भावित तेस्रो चरणबारे चेतावनी दिएका बेला यो प्रविधि प्रयोगमा ल्याइएको हो ।
प्रक्षेपण गरिएका स्थानमा सरसफाइ, शुद्ध पानीको प्रयोगमा जोड दिनेजस्ता जनचेतना फैलाउन सक्दा कम्प्युटरको भविष्यवाणी हैजा नियन्त्रणमा सहायक बनेको हो ।
बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालयको संयोजनमा यो प्रविधि प्रयोगमा आएको हो ।
गत वर्ष यमनमा हैजाको संक्रमणका कारण दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्