
एजेन्सी । ब्राजिलकामा हिंसा भड्काएको आरोपमा पूर्वन्यायमन्त्री एन्डरसन टोरेस पक्राउ परेका छन् ।
अमेरिका भ्रमणमा रहेका टोरेसलाई अमेरिकाबाट ब्राजिल फर्के लगत्तै टोरेसकै निवासबाट पक्राउ गरिएको हो । टोरेसमाथि आक्रमणको जानकारी हुँदाहुँदै पनि जानीजानी आक्रमण रोक्न नचाहेको आरोप लगाइएको छ । ब्राजिलमा दंगा सुरु हुनुअघि नै देश छोडेका टोरेस पूर्वराष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी मानिन्छन् ।
यसैबीच टोरेसको घरमा गत अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउने आदेशको मस्याैदा फेला परेको जनायएकाे छ । टोरेसले ट्वीट गर्दै आफू सधै कानूनी आधार र नैतिकताका साथ काम गरेको भन्दै सत्यको जित हुने दावी गरेका छन् ।
ब्राजिलमा गत साता संसद परिसर र राष्ट्रपति निवास र सर्वोच्च अदालतमा आक्रमण भएको थियो ।
प्रतिक्रिया दिनुहोस्