काठमाडौं । पाकिस्तानले ६८ जना यात्रु बोकेर काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमानकाे दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
पाकिस्तानले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारहरूप्रति सहानुभूति जनाएको छ ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेप्रति पाकिस्तानी सरकार र जनताको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दछौं।’
काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि नेपाली ५३, विदेशी १५ र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको एनटीवाई ६९१, ९एन-एएनसी विमान बिहान १०:५० बजे दुर्घटना भएको थियो ।









प्रतिक्रिया दिनुहोस्