महिलातर्फ पुलिस र पुरुषतर्फ हेल्प नेपाल विजयी « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


महिलातर्फ पुलिस र पुरुषतर्फ हेल्प नेपाल विजयी


130
Shares

काठमाडौं । सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो ।

हेल्प नेपालले आर्मीलाई २५–२१,२६–२४ र २५–२३ ले हराएर च्याम्पियन बनेको हो । आजै भएको महिला फाइनलमा विभागीय टोली नेपाल पुलिसले न्यु डायमण्ड एकेडेमीलाई हराउँदै उपाधी जितेको थियो ।

न्यु डायमण्ड एकेडेमीलाई पुलिस क्लबले ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएर च्याम्पियन बनको हो । पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१७ ले जितेको थियो । डायमण्डले तेस्रो सेट २७–२५ ले जितेकोमा चौथो सेट पुलिसले २५–१९ ले जितेको थियो । निर्णायक तथा पाँचौं सेटमा पुलिसले १५–११ को जित निकाल्न सफल भयो ।

उपाधिसँगै हेल्प नेपाल र पुलिसले ४ लाख नगद प्राप्त गरेका छन । उपविजेता आर्मी र न्यु डायमन्डले २ लाखमा चित्त बुझाए । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको थियो ।