३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सप्तकोसी नदीको पानी बस्तीमा पस्यो, ३०० घर डुबानमा


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, भदौ १२ । सप्तकोसी नदीको पानी बस्तीमा पसेपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका करिब ३०० घर डुबानमा परेका छन् ।

सोमबार राति अचानक पानी पसेकाले वडा नम्बर–७ र १२ का ३०० घर डुबानमा परेका हुन् ।

वडा नम्बर–१२ स्थित लिलजा ठाकुर आधारभूत विद्यालयसमेत डुबानमा परेको छ ।

भारतीयपक्षले कोसी ब्यारेजभन्दामुनि ‘पाइलट च्यानल’ बनाएर पानी पश्चिमतर्फ फर्काइदिएकाले सामान्य अवस्थामै पानी गाउँ पसेको स्थानीयको भनाइ छ ।

यस विषयमा स्थानीय सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको र डुबानको समस्या खेप्नुपरेको स्थानीयको गुनासो छ ।

कोसीको पानी फेरि बस्ती पस्न नदिन र गाउँको सुरक्षाका लागि समन्वय गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।