पोखराको विमान दुर्घटना अपडेट : मृतककाे संख्या ६८ पुग्याे « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


पोखराको विमान दुर्घटना अपडेट : मृतककाे संख्या ६८ पुग्याे


507
Shares

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएकाे पुष्टि गरेकाे हाे ।

जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताउनु भयाे। खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।