Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


पोखरा विमान दुर्घटना अपडेट : मृतकमध्ये पाँच जनाकाे सनाखत


3.6k
Shares

पोखरा । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका मध्ये ५ जनाको सनाखत भएको छ। सनाखत हुनेमा लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया रहेका छन् ।

यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । अहिलेसम्म ६४ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताउनु भएकाे छ ।

उहाँका अनुसार ३० जनाको शव निकालेर अस्पताल पुर्‍याइकाे छ । त्यस्तै ३४ जनाको शव खोंचमा भेटिएकाे बताउनु भयाे ।

मृतकहरु अधिकांश पोखरा क्षेत्रकै रहेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले हालसम्म कसैलाई पनि जिवितै उद्धार गर्न नसकिएको बताउनु भयाे।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाका अनुसार आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।