Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


ईमेज च्यानल २६ औं वर्षमा प्रवेश


65
Shares

काठमाडौं । निजी क्षेत्रको पहिलो पहिलो टेलिभिजन ईमेज च्यानल २६ औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम गरिएको छ ।

सहकर्मीहरुबीच कार्यालय परिसरमा मनाइएको कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आर के मानन्धरले विश्वव्यापी प्रकोप कोरोना महामारीको असरबाट आफ्नो संस्था पनि अछुतो रहन नसकेको भन्दै यसबाट चाँडै बाहिर निस्कन सक्नेमा आशावादी रहेको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र विष्टले आम्दानीका स्रोत तथा क्षेत्रहरु संकुचित हुँदै जाने तर प्रतिस्पर्धाको दायरा बढ्दै जाँदा स्पष्ट उद्देश्य र पारदर्शिता नभएका लगानीले मिडियाको अस्तित्वमाथि संकट उत्पन्न भएको बताउनुभयो । उहाँले पछिल्लो समय मिडिया खोल्ने प्रतिस्पर्धाले लामो ईतिहास बोकेका संस्थालाई सकस पर्ने गरेको भन्दै संस्था जोगाउन सवै पक्षको सहकार्य आवश्यक भएको बताउनुभयो ।

सो अवसरमा संस्थाको विषयमा तयार पारिएको बृत्तचित्र प्रदर्शन गरिएको थियो । २७ वर्षअघि प्रात कालमा नेपाल टेलिभिनजको पर्दामा ९० मिनेटको समय लिएर प्रसारण आरम्भ गरेको थियो ।