१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


विमान दुर्घटनाबारे छिटो कारण पत्ता लगाउन एकीकृत समाजवादीको आग्रह


52
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले विमान दुर्घटनाको वास्तविक कारण छिटो पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घटनाको वास्तविक कारण पत्ता लगाई सार्वजनिक गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष नेपालद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन दुनियाले देख्ने र बुझ्नेगरी प्रभावकारी कदम चाल्न समेत नेपाल सरकार एवम् सम्वद्ध अधिकारीहरूको गंभीर ध्यानाकर्षण गराउँदछु ।’

उडान शुभारम्भ नयाँ विमानस्थल र पर्यटक राजधानीको रुपमा रहेको पोखरामा भएको यस दुर्घटनाले पर्यटन क्षेत्रमा नकरात्मक असर पर्नेसक्ने आशंका अध्यक्ष नेपालको आशंका छ ।

पटक पटकका हवाई दुर्घटनाबाट नेपाली आकाश असुरक्षित भएको सन्देश विश्व समुदायमा जानु पर्यटनको संभावना भएको मुलुकका लागि चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।