भारतका विदेश सचिव क्वात्रा नेपाल आउने « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


भारतका विदेश सचिव क्वात्रा नेपाल आउने


390
Shares

काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने हुनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिन विदेश सचिव क्वात्रा नेपाल आउन लागेको स्रोतले जनाएको छ ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार सम्पादकहरुसंगको छलफलमा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुन सक्ने बताउनुभएको थियो ।

नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार सचिव क्वात्रा जनवरीको अन्तिम साता नेपाल आउने तयारीमा हुनुहन्छ । नेपालमा प्रधानमन्त्री दाहालसंग भेटेर भारत भ्रमणको निमन्त्रणा दिनुको साथै परराष्ट्र सचिवसँग दुई पक्षीय छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री दाहाल फेब्रुअरी दोस्रो सातासम्म भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ । सचिव क्वात्रा यसअघि नेपालकै राजदूत हुनुभएको थियो ।