३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


तीन वर्षभित्र विकासोन्मुखबाट विकसित राष्ट्रमा फड्को मार्ने प्रधानमन्त्रीको दाबी


0
Shares

काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी ओलीले नेपाल नयाँ युगमा प्रवेश गरेको भन्दै अबको तीन वर्षभित्र विकासोन्मुख राष्ट्रबाट विकसित राष्ट्रमा फड्को मार्ने दाबी गरेका छन् ।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औं प्राज्ञसभामा प्रधानमन्त्री ओलीले मुलुकलाई विकसित राष्ट्रमा पुर्‍याउन सबैखाले तयारी भएको पनि उल्लेख गरे ।

नेपाली समाजको विकासमा काव्य, कला र संस्कृतिको असाधारण योगदान रहेको उल्लेख गर्दै उनले देश यो अवस्थामा आउन जागरुक स्रष्टाहरुको योगदान रहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले विज्ञहरुले प्रतिक्रियामात्र दिएर नपुग्ने भन्दै कसरी जाने भनेर मार्गनिर्देश पनि गर्नुपर्ने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वअध्यक्ष बैरागी काइँलाले आपसी सद्भाव र मेलमिलाप कायम राख्न इन्द्रेणी रङजस्तो समाजले सहयोग पुर्‍याएको उल्लेख गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले भाषा, कला र संस्कृतिको जगेर्नामा प्रज्ञा प्रतिष्ठानको योगदान महत्वपूर्ण रहेको बताइन् ।