Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


प्रवासी नेपालीको समस्या समाधानमा सक्दो पहल गर्ने कांग्रेस नेता रिजालको प्रतिवद्वता


624
Shares

दीपक चालिसे

फ्रान्स । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले प्रवासमा रहेका नेपालीहरुको समस्या समाधानका लागि सक्दो पहल गर्ने बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेस जनसम्पर्क समिति फ्रान्सले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेता रिजालले प्रवासी नेपालीले उठान गरेका मताधिकारको अधिकार,दाहोरो नागरिकता एवं लगानीको वातावरण लगायतमा विषयमा आफूले नेपाल सरकार र पार्टीभित्र सक्दो पहल गर्ने बताउनु भयो । उहाँले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्न प्रवासमा रहेका नेपालीहरुले आवाज उठाउनु पर्नेमा जोड दिदै कांग्रेसको आगामी महाधिवेशनमा गुटबिहीन कांग्रेस बनाउनु पर्ने उल्लेख गर्नुभयो । नेता रिजालले देश विकासमा प्रवासी नेपालीको निक्कै ठूलो योगदान रहेको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले फ्रान्समा रहेका नेपालीले भोग्नु परेको विभिन्न समस्या समाधान लगायत कांग्रेसलाई जनतामाझ अझ बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका पूर्व अध्यक्ष योगेन्द्र क्षेत्री पूर्व महासचिव आरके त्रिपाठी लगायतले पनि प्रवासमा रहेका नेपालीहरुको भोग्नु परेका समस्या लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा फ्रान्समा रहेका नेपाली बिद्यार्थी , व्यवसायी लगायत विभिन्न पेसामा आवद्ध नेपालीहरुको उपस्थिति रहेको थियो ।

Skip This