म्यानचेस्टर युनाईटेडसँग म्यानचेस्टर सिटी स्तब्ध « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


म्यानचेस्टर युनाईटेडसँग म्यानचेस्टर सिटी स्तब्ध


221
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई हराएको छ ।

शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई २–१ ले हराएको हो ।

युनाइटेडको मैदानमा भएको खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ८२ औं मिनेटमा मार्कुस रास्फोर्डले गोल गर्दै युनाईटेडलाई २–१ को जित दिलाए ।