कर्णालीमा सभामुख पदका लागि आज निर्वाचन हुँदै « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


कर्णालीमा सभामुख पदका लागि आज निर्वाचन हुँदै


130
Shares

काठमाडौं । कर्णाली प्रदेशसभामा सभामुखका लागि आइतबार निर्वाचन हुँदैछ ।

सभामुख चयन गर्न मतदानको समय बिहान ११ बजेका लागि तोकिएको छ ।

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा (एमाले) की नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलले उम्मेदवारी दिनु भएको छ ।

सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा (माओवादी केन्द्र) र सभामुख नेकपा एमालेको भागमा परेमा थियो ।

कर्णाली प्रदेश सभामा कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक र एक स्वतन्त्र गरी ४० प्रदेश सभा सदस्य छन् ।