
काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
आइतबार बिहान देशको प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराईका भू-भागमा भने हुस्सु र कुहिरो लागिरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आइतबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
आइतबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा हुने भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्