३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


जनचाहना अनुसारको काम गर्न जनप्रतिनिधिहरुलाई प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनचाहना अनुसारको काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उनले जनचाहना अनुसारको काम छिटो छरितो गर्न निर्देशन दिएका हुन ।

अहिले जनतालाई निराश बनाउने तत्व सक्रिय रहेकोले यसप्रति सबै सजग हुनु पर्ने उनको भनाई थियो ।

जनतालाई सेवा दिन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै ओलीले कुनै पनि बहानामा जनताको काम ढिलो नगर्न निर्देशन दिए ।

राजनीति क्रान्ति पूरा भएको भन्दै उहाँले अब समृद्ध नेपाल र सुखी नेपालीका लागि खर्च गरिने बताए ।

नेपाल नगरपालिका संघ अधिवेशन तयारी समितिका संयोजक तथा धुलिखेल नगरपालिकका मेयर अशोक व्याञ्जुले स्थानीय सरकारले प्रदान गर्ने सेवालाई चुस्त राख्न केन्द्रीय सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा प्रदेश नं. ३ का मुख्यमन्त्री एवं संघका अध्यक्ष डोरमणि पौडेल र वीरगञ्ज नगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलाई सम्मान गरियो ।

पौडेलले लामो समयसम्म संघलाई नेतृत्व दिएर स्थानीय सुशासन प्रवद्र्धनमा योगदान पुर्‍याए वापत् र ८८ वर्षीया कार्कीलाई नगरपालिकाका जेष्ठ सदस्यका रुपमा सम्मान गरिएको हो ।