३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


महेन्द्रनगरमा कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै


0
Shares

कन्चनपुर । कञ्चनपुरको महेन्द्रनगर पाँच दिनदेखि जारी कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट पटक पटक गरी लगाएको कर्फ्यु आदेश अवस्था सामान्य बन्दै गएपछि आज बिहान ५ बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि हटाएको हो ।

कर्फ्यु  हटेसँगै महेन्द्रनगर बजारमा समेत चहलपहल बढेको छ भने बन्द विद्यालय तथा कलेज पनि खुलेका छन् ।

यस्तै, बजार व्यवसाय तथा सवारी साधन चल्ने क्रम पनि शुरु भएको छ ।

निर्मला पन्तको हत्यापछि आन्दोलन चर्किदा शुक्रबारबाट कफ्र्यू आदेश जारी गर्दै आएको थियो ।