एस्टन भिल्लाले लिड्स युनाईटेडलाई हरायो « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


एस्टन भिल्लाले लिड्स युनाईटेडलाई हरायो


104
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले लिड्स युनाईटेडलाई हराएको छ ।

शुक्रबार राति भएको खेलमा एस्टनले लिड्सलाई २–१ ले हराएको हो ।

खेलको तेस्रो मिनेटमा लियोन बेलीले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा ईमी बुएन्डियाले गोल गर्दै एस्टनलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८३ औं मिनेटमा प्याट्रिक बामफोर्डले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल नहुँदा एस्टनले २–१ को खेल आफ्नो पक्षमा पार्‍यो ।

जितसँगै भिल्ला १९ खेलबाट २५ अंक जोडेर ११ औं स्थानमा यथावत रहेको छ । पराजित लिड्स १८ खेलबाट १७ अंक जोडेर १४ औं स्थानमा छ ।