भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव


78
Shares

काठमाडौं । ईन्टरनेट प्रदायक संस्था भायानेट कम्युनिकेसनले डिआरएसको विजय उत्सव मनाएको छ ।

सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनको कार्यालय परिसरमा मनाएको हो । भायानेट कम्युनिकेसन डीआरएसको आईएसपी पार्टनर, प्रायोजक र लामो समयदेखि समर्थक रहेको कम्पनीले जनाएको छ । कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोलि सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन कुमार प्रजापति र समर गुरुङलाई भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गर्नुभएको थियो । कार्यक्रममा । डिआरएस गेमिङका अपरेसन प्रमुख संगिन भट्टराईले कम पिङ, स्थिर जडान र शीघ्र सेवाका कारण नै भायानेटको इन्टरनेट उनीहरूको पहिलो रोजाइमा परेको बताउनु भयो ।

त्यसैगरी भायानेटकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्नका लागि गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने लक्ष्य रहेको बताउनुभयो । उक्त कार्यक्रममा बोहराले कम्पनीले नेपालको ईस्पोर्ट उद्योगलाई सहयोग र समर्थन गर्न जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

नेपालको सबैभन्दा लोकप्रिय पबजी टोलीहरू मध्ये एक डिआरएस गेमिङले जनवरी ८ मा इन्डोनेसियाको जकार्तामा आयोजित सबैभन्दा ठूलो पबजी गेमिङ प्रतियोगितामा विश्वभरका ५१ उत्कृष्ट टोलीहरू मध्ये उपविजेता बनेर इतिहास रचेको थियो ।