विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताउनु भएकाे छ ।
बिहीबार विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै उनले यस्ताे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे, ‘निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासकाे मत दिएकाे हाे।’
नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘ कांग्रेस प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा भूमिका खेल्नेछ।’




प्रतिक्रिया दिनुहोस्