Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


‘आरआरआर’को सिक्वेल छिटै बन्ने


52
Shares

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को सिक्वेल छिटै बन्ने फिल्मका निर्देशक एसएस राजामौलीले गरे पुष्टि गरेका छन् ।

उक्त फिल्ममा रहेको ‘नाटु नाटु’ बोलको गीतले गोल्डेन ग्लोब अवार्ड २०२३ मा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेसँगै राजामौलीले फिल्मको सिक्वेल बन्ने पुष्टि गरेका हुन् । अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण फिचर्ड गीतले अवार्ड हात पारेको हो । राजामौलीले इन्टरनेशनल अवार्ड समारोहमा एक अन्तर्वार्तामा फिल्मको सिक्वेलको पुष्टि गरेका हुन्।

भारतीय सञ्चार माध्यमका अनुसार गोल्डेन ग्लोब अवार्डको रेड कार्पेटमा आरआरआर को सिक्वेलको बारेमा कुरा गर्दै राजामौलीले स्क्रिप्ट लेखनको काम भइरहेको बताए । राजामौलीले केही साताअघि आफ्नो बावु र काकाजसँग यसबारे छलफल गरिरहेको तर, स्क्रिप्ट पूरा नभएसम्म यसबारे धेरै कुरा गर्न नसकिने बताएका छन् । उनले फिल्मको सिक्वलमा भने काम गरिरहेको बताएका छन् ।

‘आरआरआर’ गत वर्ष मार्चमा रिलिज भएको थियो । यो फिल्ममा अभिनेता जुनियर एनटीआर र रामचरण र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छन् ।