सरकारले सबैका भावनालाई समेटेर अगाडि बढ्नु पर्नेमा लोसपाको जोड « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


सरकारले सबैका भावनालाई समेटेर अगाडि बढ्नु पर्नेमा लोसपाको जोड


78
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लाले मुलुकमा अझै १० औं लाख मानिसहरु राज्य बिहीन अवस्थामा रहेका बताउनु भएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत दिन राख्नु भएको प्रस्तावमाथिको छलफलमा भाग लिदै सांसद शुक्लले नागरिकता विधेयक अगाडि बढ्न नसकेको प्रति असन्तुष्टि जनाउनु भयो । उहाँले अहिलेसम्म पटक पटक बनेका सरकारले आफूहरुसँग गरेका सहमति र संझौताहरु कार्यान्वयन नगरेका भन्दै अहिलेको सरकारसँग जनताले धेरै आशा गरेका उल्लेख गर्नुभयो ।

सांसद शुक्लले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने भन्दै सरकारले सबैका भावनालाई समेटेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभो ।