देशको समस्या समाधान गर्न दाहाल उपयुक्त पात्र : जसपा « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


देशको समस्या समाधान गर्न दाहाल उपयुक्त पात्र : जसपा


104
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राईले मुलुकमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपयुक्त व्यक्ति भएको बताउनु भएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नु भएको विश्वासको मतको प्रस्तावमाथि धारणा राख्दै राईले दाहाल देशका पछिल्ला समस्या समाधान गर्न उपयुक्त पात्र भएकै भन्दै दाहाललाई विश्वासको मत दिने उल्लेख गर्नुभयो । राईले संघीयता पूर्ण कार्यान्वयन गर्न पनि प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभयो ।