३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


खुलामञ्चस्थित बसपार्क चार दिन बन्द


0
Shares

काठमाडौं, भदौ १२ । काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।

आजबाट ४ दिनसम्मका लागि उक्त बसपार्क बन्द गरिएको हो । बसपार्क मर्मत गर्नुपर्ने भएकाले बन्द गरिएको जनाइएको छ ।

अरनिको राजमार्ग हुँदै खुल्लामञ्च आउने ठुला यात्रुवाहक सवारी साधनलाई कोटेश्वरबाटै ड्राइभर्सन गरि सातदोबाटो, कलंकी, हुँदै नयाँ बसपार्कतर्फ पठाइएको छ ।

यता साँखु, बौद्ध, चावहिल, थानकोट लगायतका स्थानहरुबाट खुलामञ्चस्थित बसपार्कका आउने सवारी साधनहरुलाई भने रत्नपार्क वरपर ‘पिक एण्ड ड्रप’ मात्रै गर्ने व्यवस्था मिलाइएको छ ।