अहिले देशमा मन्त्री र सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको छ : अध्यक्ष केसी « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


अहिले देशमा मन्त्री र सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको छ : अध्यक्ष केसी


143
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने ठाउँमा भएका कारखानाहरुलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताउनुभयो ।

उहाँले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको बताउनुभयो । उहाँले अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरु सत्तामा कसरी जाने ? र जुनसुकै मूल्य चुकाएर भएपनि सरकारमा जानैपर्ने स्थिति विकराल बन्दै गएको बताउनुभयो । उहाँले निर्वाचन लडि नसक्नु रहेको भन्दै यो अवस्था अहिलेका राजनीतिक दलहरुले थुपारेको बताउनुभयो । उहाँले राजनीति पार्टीहरुप्रति, नेता, सांसद, मन्त्रीहरुप्रति जनताको आस्था नरहेको बताउनुभयो ।

अध्यक्ष केसीले न्यायलयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबैकुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने बताउनुभयो । उहाँले नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको बताउनुभयो ।