काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हाे ।
भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय भएकाे एमालेकाे सचिवालयले जनाएकाे छ ।
एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् ।




प्रतिक्रिया दिनुहोस्