काठमाडौं, भदौ ११ । बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रीबाहेकका आगन्तुकलाई प्रवेश निषेध गरिने भएको छ ।
सम्मेलनकाक्रममा आवागमनलाई सहजीकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रवेशमा विशेष कडाइ गर्ने जनाएको हो ।
यात्री स्वयं सक्षम भएको अवस्थामा सहयोगीको जरुरत नपर्ने भन्दै यात्रीबाहेक अरु व्यक्तिलाई प्रवेश गर्न रोक लगाइने जनाइएको हो ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा यस अवधिमा विमानस्थल पास भएका वा परिचयपत्र भएका यात्री लिइ आएकाबाहेक अरु ट्याक्सीहरुलाई प्रवेश निषेध गरिने भएको छ ।
यात्री लिएर आउने सवारी–साधनलाई पनि पार्किङ गर्न नदिइने भएको छ ।
साथै, बिहीबार भीभीआइपीहरु आउने समय बिहान ८ बजेदेखि साढे १० बजेसम्म आन्तरिक तथा बाह्य उडान नै बन्द गरिने तयारी गरिएको छ ।
यसका लागि उडान कम्पनीहरुसँग पत्राचार भइसकेकोसमेत जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्