काठमाडौं, भदौ ११ । महिन्द्रा एन्ड महिन्द्राले नेपाली बजारमा प्लस ‘प्लस एक्सयुभी ५००’ सार्वजनिक गरेको छ ।
महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इन्करपोरेटेडले सोमबार राजधानीमा एक कार्यक्रम गरी गाडीको नयाँ मोडल नेपाली बजारमा ल्याएको हो ।
आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्च शक्ति र टर्कयुक्त यी गाडी चाँडै नै नेपाली उपभोक्तामाझ लोकप्रिय बन्ने कम्पनीको दाबी छ ।
६ ओटा एअरब्याग रहेको, उकालो र ओरालोमा पनि नियन्त्रणमा राख्नसकिनेजस्ता विशेषताले यी गाडी सुरक्षित रहेको कम्पनीको दाबी छ ।
आफ्नो श्रेणीमा आकस्मिक कल गर्नसक्ने सुविधासमेत रहेको पहिलो गाडी रहेको पनि कम्पनीको दाबी छ ।
यस्तै, गाडीमा विद्युतीय सन्प्रुफ र स्मार्ट कनेक्टिभिटी तथा जीपीएसयुक्त ७ इन्चको इनफोटेन्मेन्ट रहेका छन् ।
सन् २०११ मा ‘एक्सयुभी ५००’ बजारमा आएको हो ।
महिन्द्रा एन्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभागका उपाध्यक्ष सञ्जय जादवले यो नयाँ मोडलसँगै यो सेग्मेन्टमै नयाँ मापदन्डहरु कायम गरी सवारीचालकको उत्साहलाई नै नयाँ उचाइमा पुर्याउने दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्