२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


थपिए २ जना कोरोना संक्रमित


182
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७६७ जनाको पीसीआर र १५५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर २१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।