Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


अमेरिकामा सभामुखमा केभिन चयनपछि जारी राजीतिक गतिरोधकाे अन्त्य


78
Shares

काठमाडौं । अमेरिकाको तल्लो सदनकाे प्रतिनिधि सभाको नयाँ सभामुखमा केभिन म्याककार्थी चयन भएपछि जारी राजीतिक गतिरोधकाे अन्त्य भएकाे छ ।

अमेरिकामा केही दिन अघिदेखि राजीतिक गतिरोध जारी रहेकाे थियाे । १५ औं चरणको मतदानबाट म्याककार्थीको पक्षमा बहुमत जुटेको हो । १ सय ६४ वर्षको इतिहासमा सभामुख चयनका लागि यति धेरै पटक मतदान गर्नु परेको हो । सन् १८६० मा दास प्रथा सम्बन्धि मुद्दामा विवाद चल्दा तल्लो सदनमा सभामुख चयन गर्न ४४ पटक मतदान गर्नुपरेको थियो ।

क्यालिफोर्नियाका रिपब्लिकन सांसद म्याककार्थी उनकै पार्टीका केही सांसदहरु समेत विपक्षमा उभिएका थिए । गत नोभेम्बरको संसदीय निर्वाचनमा रिपब्लिकनहरूले प्रतिनिधि सभामा बहुमत ल्याएका थिए ।