१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


म्यानमारको नरसंहारमा उच्च सैन्य अधिकृतविरुद्ध अनुसन्धान गर्नुपर्ने राष्ट्रसंघको रिपोर्ट


0
Shares

काठमाडौं, भदौ ११ । संयुक्त राष्ट्रसंघको एउटा रिपोर्टले म्यानमारको रखाइन प्रान्तमा भएको नरसंहार र अरु क्षेत्रमा मानवताविरुद्धको अपराधमा उच्च सैन्य अधिकृतविरुद्ध अनुसन्धान गर्नुपर्ने जनाएको छ ।

सयौं अन्तर्वार्ताहरुमा आधारित रिपोर्टमा मुस्लिम अल्पसंख्यक रोहिंग्याविरुद्धको हिंसाका सम्बन्धमा राष्ट्रसंघको यो सबैभन्दा कडा निन्दा हो ।

म्यानमारको सेनाको रणनीतिहरु वास्तविकरुपमा सुरक्षा चुनौतीका सम्बन्धमा अत्यन्त अनुपयुक्त भएको रिपोर्टमा उल्लेख छ ।

यसमा ६ जना उच्च सैन्य अधिकृतको नाम उल्लेख गर्दै उनीहरुलाई सुनुवाइमा लैजाउनुपर्ने जनाइएको छ ।

यस्तै, हिंसा रोक्न हस्तक्षेप नगरेको भन्दै प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीको पनि आलोचना गरिएको छ ।

राष्ट्रसंघले आफ्नो रिपोर्टलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतलाईसमेत सिफारिस गर्नुपर्ने जनाएको छ ।

म्यानमारको सरकारले भने सैन्य कारबाही लडाकू र विद्रोहीको चुनौतीविरुद्ध लक्षित रहेको जनाउँदै आएको छ ।

रखाइन प्रान्तमा चर्किएको हिंसाका कारण कम्तीमा ७ लाख मानिस पलायन भएका छन् । (एजेन्सी)