
काठमाडौं, भदौ ११ । उत्तर कोरियामा पक्राउ परेका जापानी पर्यटक तोमोयुकी सुगिमोटोलाई रिहा गरिएको छ ।
३० वर्षीय भिडियोग्राफर भएको विश्वास गरिएका सुगिमोटो पक्राउ परेको विषय यो महिनाको सुरुमामात्र बाहिर आएको थियो ।
रिहा भएका उनी चीन पुगेको जापानको ‘क्वोदो’ समाचार एजेन्सीले जनाएको छ ।
कानुन उल्लंघन गरेकाले पक्राउ गरेको बताइएपनि थप विवरण केही उल्लेख गरिएको छैन ।
उत्तर कोरियामा पर्यटकहरुलाई कडा निगरानीमा राख्ने गरिन्छ ।
छिमेकी मुलुकहरु जापान र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध छैन ।
उत्तर कोरियाले जापानको हवाई आकाश हुँदै धेरैपटक मिसाइल परीक्षण गरिसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्