काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रिती राईलाई भाटभटेनी होल्डिङ कम्पनी तथा उम्ब्रो नेपालले प्रायोजन गरेको छ ।
उम्ब्रोले प्रितीलाई एक वर्षको लागि प्रायोजन गरेको हो ।
प्रिती र उम्ब्रोबीच आज यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उम्ब्रोले प्रितीसँग एक वर्षका लागि ६ लाख बराबरको नगद तथा सामग्री प्रायोजन गरेको हो ।
महिलाहरुलाई खेलकूल क्षेत्रमा प्रवेशका लागि प्रोत्साहन होस् भन्ने हेतुलै प्रतिभाशाली खेलाडी प्रितीलाई सहयोग गरिएको भाटभटेनी होल्डीङ्स र उम्ब्रोले जनाएका छन् ।
काठमाडौंमा आयोजना भएको छैटौं महिला साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेपछि उम्ब्रोले प्रितीलाई प्रायोजन गर्ने घोषणा गरेको थियो । विश्व प्रख्यात खेलकुदको ब्राण्ड उम्ब्रोका सामान भाटभटेनी सुपर मार्केटका स्टोरहरुमा उपलब्ध रहेका छन् ।
यसैबीच, उम्ब्रोले आफ्ना सामानको खरिदमा उपहार प्रदान गर्ने रोड टु वेष्ट ह्याम नामको योजना पनि सञ्चालन गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्