Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


विदेशबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका शाहसहित ६ जना पक्राउ


312
Shares

काठमाडाैं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका व्यवसायी पृथ्वीबहादुर शाहसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शाह, उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गत काफ्ले र रंगबहादुर साउद पक्राउ रहेका छन् ।

केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको एआईजी उत्तमराज सुवेदीले पुष्टि गर्नुभयाे । सीआईबीका प्रवक्ता कमल थापाले ठगीसम्बन्धी कसुर मुद्दामा उनीहरुलई पक्राउ गरिएको बताउनुभयाे ।

उहाँका अनुसार उनीविरुद्ध अनुसन्धानका लागि शुक्रबार दिउँसो जिल्ला अदालत, काठमाडौंबाट म्याद लिइएको छ।

शाहको नाममा विदेशबाट आएको करोडौँ रकम राष्ट्र बैंकले रोक्का राखेको छ। अछामका युवा व्यवसायी शाहका नाममा अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका थिए।

शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेको आरोप छ।