२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार


273
Shares

काठमाडाैं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ ।

आज सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्युनतम साझा कार्यक्रम तयार भएको जनाएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले प्रतिवेदनलाई पूर्णता दिएको बताउनु भयो ।

उहाँले शनिवार शीर्ष नेताहरुको संयन्त्रमा सरकारका न्युनतम साझा कार्यक्रमहरु प्रश्तुत गर्ने बताउनु भयो । उहाँले न्युनतम साझा कार्यक्रम जनताको डेलिभरिको पक्षमा रहेको र परिवर्तनको आभाष हुनेगरी न्युनतम साझा कार्यक्रम आएको दाबी गर्नुभयो ।

उहाँले न्युनतम साझा कार्यक्रम यो सरकार जनतालाई केही दिने सरकार हो भन्ने महशुस गराउने गरी तयार पारेको बताउनु भयो ।

पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्युनतम साझा कार्यक्रम ल्याउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलसमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सदस्य हुनुहुन्छ ।