२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


सिन्धुपाल्चोककाे पाँचपोखरीमा बर्थिङ सेन्टर स्थापना


52
Shares

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको छ ।

८ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनाएकाे छ । गर्भवतीका लागि पालिकाभित्र निःशुुल्क एम्बुलेन्स सेवाका लागि दुई वटा एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

काठमाडौं वा अन्यत्र लाग्नु परेमा एकतर्फी भाडा नलाग्ने र अन्य एम्बुलेन्स गाडीमा गएमा ५ हजार रुपैयाँ पालिकाले दिने स्वास्थ्य शाखाका प्रमुख आत्माराम धितालले बताउनुभयो । हिमाली क्षेत्रमा पर्ने यस पालिकामा अझै कठिन अवस्थामा राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकाेप्टर मार्फत उपचारका लागि पठाइने गरेको गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाको ८ वटै वडामा बर्थिङ सेन्टर स्थापना भएको छ । सुत्केरीका लागि पालिकाको बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा पालिकाको तर्फबाट थप १ हजार ५ सय रुपैयाँ दिने समेत व्यवस्था गरिएकाे छ । वर्षामा सडक यातायातमा समस्या रहेकाले हरेक वडामा बर्थिङ सेन्टर तथा पालिकामा रहेका दुई सुविधा सम्पन्न अस्पतालबाट सेवा प्रदान गर्ने गरेको साेही गाउँपालिकाले जनाएकाे छ ।

गाउँमै बर्थिङ सेन्टर भएपछि सुत्केरी गराउन अन्यत्र जान नपरेकोमा स्थानीय वासीन्दा समेत खुशी भएका छन् ।