३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


नेपाल टी–ट्वान्टी क्रिकेटमा काठमाडौं नाईट्स पराजित


26
Shares

काठमाडाैं । राजधानीमा जारी नेपाल टी–ट्वान्टी क्रिकेटमा काठमाडौं नाईट्सलाई पराजित गरेको फार वेस्ट युनाईटेडको प्लेअफ सम्भावना कायमै राखेको छ । टियु मैदान किर्तिपुरमा फार वेस्टले काठमाडौंसँग ८४ रनको जित हात पारेको हो ।

फार वेस्टले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो । फराकिलो जितसँगै प्लेअफ सम्भावना कायमै राखेको फार वेस्टले आठ खेलमा दुई जित हात पारेर ४ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

हारका बाबजुद पनि प्लेअफ सम्भावना कायमै रहेको काठमाडौंको नौ खेलमा चार जित पाँच हार हात पारेको काठमाडौं नौ खेलमा ८ अंकका साथ काठमाडौं अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

यसअघि आजै भएको पहिलो खेलमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको थियो । जितसंगै जनकपुर रोयल्स नेपाल टी–२० लिगको प्लेअफमा पुगेको छ । ९ खेलमा ६ जित हात पारेको जनकपुरको १२ अंक छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । यसअघि लुम्बिनी अल स्टार्स प्ले अफमा पुगेको थियो ।

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।