काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागू गरिएको छ ।
बिहीबारबाट जिल्ला प्रशासन कार्यालयले दिने १० प्रकारका सेवामा टाइम कार्ड लागु गरिएको हाे ।
काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायका अनुसार कुन सेवालाई कत्ति सयमभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागु गरिएको छ ।
टाइम कार्ड लागू गर्ने निर्णयसँगै बिहीबार उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुगमन समेत गर्नुभएकाे छ ।





प्रतिक्रिया दिनुहोस्