१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


सुनको मूल्य बढ्दै क्रम जारी


208
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतिदिन बढ्दो क्रममा रहेको छ ।

साताको पाँचौ दिन आज बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख २ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २ सय रूपैयाँले बढेर एक लाख ३ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख एक हजार २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य बिहीबार १५ रूपैयाँले घटेर १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।