
विनोदसिंह विष्ट (इमेज)
बैतडी, भदौ ११ । लगातारको वर्षापछि पहिरो खस्दा बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–४, पालिगाडामा एक घर पुरिएको छ भने बस्ती नै पहिरोको जोखिममा परेको छ ।
आइतबार राति घरमाथिबाट खसेको पहिरोले स्थानीय लक्ष्मी साउदको घर पुरेको हो ।
लक्ष्मीको परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसेको छ ।
सो ठाउँमा पहिरो खस्नेक्रम नरोकिएकाले अरु ८ ओटा घर पनि जोखिममा रहेको बताइएको छ ।
पहिरोवाट विस्थापित तथा उच्च जोखिममा रहेका घरपरिवारका लागि गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालयमार्फत् अस्थायी टहरा निर्माणको तयारी थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्