जकार्ता, भदौ ११ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को बक्सिङतर्फ नेपालको पदकको आशा सकिएको छ ।
८ खेलाडी सहभागी बक्सिङतर्फ नेपालको अन्तिम खेलमा सोमबार दीपक श्रेष्ठ पराजित भए ।
जकार्तास्थित जेआइ एक्स्पो हलमा भएको पुरुष ७५ केजीतौल समूहको खेलमा दीपकलाई चाइनिज ताइपेइका चियावे कानले ५–० ले हराएका हुन् ।
जारी एसियाली खेलकुदमा नेपालका कुनैपनि खेलाडीले बक्सिङमा एक बाउट पनि जित्न सकेनन् ।
बक्सिङतर्फ नेपालका तेजबहादुर देउवा, प्रेम चौधरी, भूपेन्द्र थापा, दीपक श्रेष्ठ, विष्णुप्रसाद घले, विमला श्रेष्ठ, संगीता सुनुवार र पुनम रावलले प्रतिस्पर्धा गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्