Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


विद्यालयमा कसैलाई प्रवेश नगराउन महानगरको निर्देशन


1.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वीकृतिबिना कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

विभागको अनुसार विद्यालयहरुमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीहरुसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीलई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयको बारम्बार गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन परिपत्र गरिएको हो ।

विद्यालयले काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्वस्वीकृति बेगर कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन र कसैलाई आमन्त्रण गर्नैपर्ने भएमा विभागलाई पूर्वजानकारी गराएर मात्र प्रवेश गराउन निर्देशन दिइएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले परिपत्रमार्फत जानकारी दिनुभयो ।

परिपत्र :