Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


नेपाल र चीनसँग सम्बन्धित फोटो, पेन्टिङ, थांका, क्यालिग्राफी प्रदर्शनी


104
Shares

काठमाडौं । नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थांका, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एशिया नेटवर्क टिभी, सहयोगी नेपाल ओभरसिज चिनियाँ संघ, नेपाली चिनियाँ उद्यम संघको सहआयोजनामा प्रदर्शनी गरिएको हो ।

बबरमहलस्थित नेपाल कला परिषद्मा भएको प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धित विभिन्न फोटो, थांका, तैलचित्र, क्यालिग्राफी प्रर्दशनी गरिएको छ ।

नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउन र दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाउन प्रदर्शन गरेको उक्त जनाएको छ । प्रदर्शनीमार्फत नेपाल र चीनको संस्कृति प्रगाढ बन्ने विश्वास आयोजकको छ ।

त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक प्रा. बालमुकुन्द रेग्मी, प्राध्यापक शिवलाल भुसाल, कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लु गाओ, नेपाल ओभरसिज चिनियाँ संघका अध्यक्ष जिन छिनदोङ, नेपाली चिनियाँ उद्यम संघका महासचिव झु क्विङलगायतले कार्यक्रमले द्विपक्षिय सांस्कृतिक आदानप्रदान र एक आपसमा सद्भाव निर्माण तथा थप सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।