३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


इरानमा थप दुई जनालाई मृत्यु दण्ड


234
Shares

काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा थप दुई जना किशोरीलाई मृत्यु दण्डकाे सजाय दिइएको छ ।

मुस्लिम ड्रसकोड पालना नगरेको आरोपमा एक युवतीको हिरासतमा मृत्यु भएपछि गत सेप्टेम्बरदेखि जारी प्रदर्शनमा सहभागीहरुलाई कारबाही गर्ने क्रममा थप दुई जना किशोरीलाई मृत्यु दण्डकाे सजाय दिइएको हो । यसअघि दुई जना युवालाई मृत्युदण्ड दिइएको छ ।

मृत्युदण्ड दिइएका किशोरीहरुको परिचय खुलाइएको छैन । नर्वेस्थित इरान मानवअधिकार संस्थाले इरानमा करिब १ सय जनालाई मृत्यु दण्डको सजाय दिने सम्भावना रहेको जनाएकाे छ ।