Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


जुन सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्छ : अध्यक्ष तिमिल्सिना


39
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ ।

उहाँले अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने सत्ता परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने गरेको भन्दै जुन कुनै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनु पर्नेमा जोड दिनुभयो ।

काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा सहसचिव, सचिव नै राजनीतिक दलहरुका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पठाएका ५ वटा विधेयक अहिले शून्यमा पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा मन्त्रिपरिषद् बिस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकलाई नै अघि बढाउन आग्रह गर्ने बताउनुभयो । उहाँले सबै पदाधिकारीले निष्पक्ष भएर काम गरे राजनीतिक नियुक्तिको दवाव कम हुँदै जाने बताउनुभयो ।