Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


कोटेश्वर हाईटमा आएन मेलम्ची पानी


1.7k
Shares

काठमाडाैं । कोटेश्वर हाईटमा मेलम्ची पानी पुर्‍याउन समस्या भएको छ । मेलम्चीको पानी नपाएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी नआएको भन्दै स्थानीयले आज मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीयले निर्देशनालयलाई बारम्बार जानकारी गराउँदासमेत अझै महादेवस्थान हाइटका घरहरुमा पानी पुर्‍याउन नसकेको बताए ।

स्थानीय गोविन्दराज पन्तले मेलम्चीको पानी चारैतिर बढी भएर फाल्दा समेत कोटेश्वर हाइटमा पानी नचढेको भन्दै समस्या समाधानको लागि निर्देशनालयलाई ध्यानाकर्षणको गराएको बताउनु भयो ।

निर्देशनालय (पीआईडी) का परियोजना निर्देशक राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाएको बताउनु भयो ।

उहाँले पुरानो लाइनमा नयाँ पाइपबाट पानी पठाए पनि हाइटका टाढाका घरमा पानी पुग्न नसक्ने बताउनु भयो । समस्या समाधानको लागि अध्ययन गरेर माग सम्बोधन गर्ने बताउनु भयो । ध्यानाकर्षनपछि स्थानीय र निर्देशानालयबीच चारबुँदे सहमति भएको छ ।