३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


तुलसीपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु


0
Shares

विवेक खडका (इमेज)

दाङ, भदौ ११ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११, उरहरी निवासी जोगिलाल चौधरीको  पशु विज्ञानको विज्ञापनको ब्यानर टाङ्नेक्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोमबार बिहान ११ बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती अञ्चल अस्पतालमा उपचारकाक्रममा मृत्यु हो । उनको साढे १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीले वि.सं. २०३८ सालदेखि अमर मावि उरहरीमा कार्यालय सहयोगी भइ काम गर्दै आएका थिए ।