३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


निजी डेरीहरूले बढाएको दूधको मूल्य फिर्ता


143
Shares

काठमाडौं । सरकारले निजी डेरीहरुलाई दूधको मूल्य बढाउने निर्णय फिर्ता लिन निर्देशन दिएको छ ।

एकलौटी रुपमा दूधको मूल्य बढाएका निजी डेरीहरुसँग आइतबार कृषि तथा पशुपंक्षी मन्त्रालयले गरेको छलफलपछि मन्त्रालयले मूल्य वृद्धि तत्काल फिर्ता लिन भनको हो । दूधको उत्पादन लागत, बजारलगायतका विषयको अध्ययन गरेपछि मात्रै निर्णय गर्ने गरी मूल्य वृद्धि फिर्ता गराइएको राष्ट्रिय दूग्ध विकास बाेर्डले जनाएकाे छ ।

बाेर्डले आइतबार नै सरोकारवाला सबै निकायहरुलाई मूल्य वृद्धि स्थगितको विषयमा जानकारी गराएको छ । केही निजी डेरीहरुले गत शनिबारदेखि एकलौटी रुपमा प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । गत वर्ष माघमा पनि दूधको मूल्य बढाइएको थियो ।

लागत बढेको बहानामा १ वर्ष नपुग्दै बिचौलियाहरुले मूल्य बढाएपछि चौतर्फी विरोध भएको थियो ।