Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


प्रधानमन्त्री दाहालद्वारा विभिन्न मन्त्रालयका सचिवहरूको बैठक आह्वान


208
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुको बैठककाे आह्वान गर्नुभएकाे छ ।

उहाँले साेमबार बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाउनु भएको हो । बैठकमा मन्त्रालयहरुको अवस्थाकाे बारेम जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको उहाँकाे सचिवालयले जनाएको छ ।

यहि पुस ११ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएका दाहालले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उहाँले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताउनुभएको थियाे।

उहाँले बधाई तथा शुभकामनाका लागि समय माग नगर्न बरू सरकारको कामलाई प्रभावकारी कसरी बनाउने भनेर सचिवालय मार्फत सुझाव दिन आग्रह समेत गर्नुभएको छ ।